• बुधबार, असोज ७ २०८३

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते


सोमबार, कार्तिक १ २०७८
620
Shares


काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा यात्रुबहाक बस दुर्घटना भएको छ।

आज भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये १० को अवस्था गम्भीर छ।

घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको हो।

उक्त बसको छतमासमेत यात्रु राखिएको थियो। ब्रेक फेल भई बस दुर्घटना भएको अनुमान प्रहरीको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार