• बुधबार, असोज ७ २०८३

साफ च्याम्पियनसिपमा उपविजेता बनेकाे नेपाली फुटबल टिम आज स्वदेश फर्कदै


सोमबार, कार्तिक १ २०७८
990
Shares

{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930","photographer":"","alt_text":""}

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ ।

नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् । तर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नआउने एन्फाले जनाएको छ । उनी केही दिन परिवारसँग बसेर केही दिनपछि नेपाल फर्कने एन्फाको भनाइ छ ।

अल्मुताइरीले साफको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण भएको जनाएका थिए । उनी एन्फा पदाधिकारीसँग असन्तुष्ट हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार