• बुधबार, असोज ७ २०८३

आयाेजक र प्रायाेजकवीच मैत्रीपूर्ण फुटबल सम्पन्न


बुधबार, असोज २७ २०७८
1.1K
Shares

गोरखा । द ओसन क्लब गोरखाले आयाेजक र प्रायाेजकवीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेकाे छ । क्लबले अघिल्लाे बर्ष आयाेजना गरेकाे फुटसल प्रतियाेगिता र तेस्राे फुटबल मेला कार्यक्रमलाई प्रायाेजन गर्ने संस्था, ब्यक्ति र साे कार्यक्रम आयाेजना गर्ने द ओसन क्लबका पदाधिकारीवीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेकाे हाे ।

खेलमा प्रायाेजक टिमले ९ गोल र आयाेजक क्लबले ४ गोल गरेका थिए । गोरखा नगरपालिका ९ स्थित ओसन क्लबकाे कृतिम घाँसे मैदानमा भएकाे खेलपछि वडादशै‌ं लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत भएकाे छ ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रायाेजकका तर्फबाट मनाेज भट्ट, क्लबका अध्यक्ष अमित खत्री, काजीराम खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार