साँकेतिक तस्विर
गोरखा । गोरखामा यात्रुवहाक बलेरो जीप आज दुर्घटना भएको छ । गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित मलेओडार भन्ने स्थानमा दिउँसो करिब २:४० बजे जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेनीघाट आरुघाट कच्ची सडकखण्डमा बेनीघाटबाट माझीटार तर्फ जाँदै गरेको बा २० च ४४०० नम्बरको बलेरो जिप अनियन्त्रित भई सडक देखि करिब ५० मिटर तल भिरमा खस्न जाँदा उक्त जिपमा सवार चालक सहित १४ जना व्यक्तिहरु घाईते भएकाे डिएसपी दाहालले बताए ।
दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि प्रहरी र स्थानीयले धादिङ्गकाे मलेखु स्थित राजमार्ग अस्पताल पुर्याएका थिए । जसमध्ये ७ जनालाई थप उपचारका लागि चितवनकाे मेडिकल कलेज लगिएकाे र बाँकी ७ जनाकाे भने साेही अस्पतालमा उपचार भइरहेकाे बताइएकाे छ ।
तस्विर : साँकेतिक