• बुधबार, असोज ७ २०८३

मनोज गजुरेलले गरे दाेस्राे बिबाह


सोमबार, असोज २५ २०७८
935
Shares

हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। केही समयअघि उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएका थिए।

गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिएका हुन्। सामाजिक सञ्जालमा विवाहको फोटो पोष्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै जानकारी समेत बाँडेका छन्।

उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन्। परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको गजुरेलले भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार