गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ मा भएकाे वडास्तरीय फुटबल प्रतियाेगितामा अशाेकबारी टाेलविकास संस्था पहिलाे बनेकाे छ । गत शनिबारदेखि सुरु भएकाे प्रतियाेगितामा चण्डिकेउरेनी टाेल विकास संस्थालाई २- १ गोलले पराजित गर्दै अशाेकबारीले उपाधी जितेकाे हाे ।
आर्थिक बर्ष २०७८/७९ मा वडा कार्यालयले बिनियाेजन गरेकाे १ लाख रकमबाट आयाेजना गरिएकाे फुटबल प्रतियाेगितामा वडा नम्बर २ काे ७ र वडा नम्बर १ काे एक टिम गरी ८ टिमकाे सहभागिता रहेकाे थियाे ।

आइतबार भएकाे फाइनलमा विजेता बनेकाे अशाेकबारीले नगद १६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै दाेस्राे भएकाे चण्डीकेउरेनीले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे आयाेजकले जनाएकाे छ ।
खेलकाे पुरा समयसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएकाे थियाे । पेनाल्टीमा अशाेकबारीले २ र चण्डिकेउरेनीले १ गोल गरेकाे थियाे । उनिहरुलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पुरस्कार वितरण गरेका थिए ।

त्यस्तै प्रतियाेगितामा काेखे मुस्लिम टाेल विकास संस्था र गाैरी शंकर टाेल विकास संस्था सान्त्वना भएका छन् । उनिहरुले नगद ३ हजारसहित मेडल पाएका छन् । यसैगरी प्रतियाेगितामा उत्कृष्ट गाेल किपर अशाेकबारीका कञ्चन थापा मगर घाेषित भएका छन् भने उत्कृष्ट डिफेण्डर अशाेकबारीकै खुम बहादुर थापा भए । त्यस्तै सर्वाधिक गाेलकर्ता समेत अशाेकबारीका डिलबहादुर थापा मगरले हात पारे ।
त्यस्तै प्रतियाेगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेकाे भन्दै चण्डिकेउरेनीका सुनिल थापा मगर वेष्ट प्लेयर घाेषित भएकाे वडाध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिएका छन् ।