• बुधबार, असोज ७ २०८३

जन्ती बोकेको जिप सडकबाट खस्यो, ४ जनाको मृत्यु, १५ घाइते


सोमबार, असोज २५ २०७८
840
Shares

साँकेतिक तस्विर

अछाममा जन्ती गएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, १५ जना घाइते भएका छन्। 

अछाम प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका १, कुइकामा आइतबार राति जिप दुर्घटना भएको हो। 

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही स्थानका १८ वर्षीय सर्प बोहरा, वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी र सोही वडाका १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार जन्ती लिएर फर्किंदै गरेको से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति सडकबाट ३ सय मिटर तल खसेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार