• बुधबार, असोज ७ २०८३

पश्चिमाञ्चल होटल संघमा लक्ष्मण सुवेदी


आइतबार, असोज २४ २०७८
700
Shares

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध चयन भएका छन् । यसअघि संघका प्रथम उपाध्यक्ष सुवेदी होटल साकुराका सञ्चालक हुन् ।

संघको शुक्रबार २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी २ वर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले जनाए । संघको निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी निर्वाचित भए ।

महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल निर्वाचित भए । सदस्यमा भरत शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी र कल्पना बराल अधिकारी निर्वाचित भए । १७ सदस्यीय कार्यसमितिमा रिक्त ४ सदस्य मनोनीत हुने व्यवस्था छ ।

समापन सत्रमा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का थिए । कार्यक्रममा होटल संघ नेपालका उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, प्रदेश सभा सदस्य राजीव पहारी, वडा अध्यक्ष जगतबहादुर पहारी, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपिबहादुर भट्टराई, संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी, महासचिव गणेशराज पहारी र कोषाध्यक्ष पार्वती पाण्डेले बोलेका थिए । यस्तै, पोखराको नयाँ विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा संघका सल्लाहकार पालिखेलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार