गोरखा । गोरखा चेम्बर अफ कमर्सले पुषमा दश दिने ब्यापार मेला आयाेजना गर्ने भएकाे छ । चेम्बरले पुस ५ गतेदेखि १५ गतेसम्म कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्ने भएको हाे ।
यस अघि दशैँ तिहार लगाउतका चाडवाडलाई लक्षित गरी सदरमुकाममा सस्तो बजार मेला गर्दै आएको चेम्बरले कोभिडकाे जाेखिमका कारण दुई वर्ष यता साे मेला गर्न सकेकाे थिएन ।
गोरखाको कृषि उत्पादनमा रैथाने बाली प्रर्वद्धन र बजारिकण गर्ने उद्देश्यले मेला गर्न लागेकाे गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठले जानकारी दिए
सोमवार बसेको कार्यसमिति बैठकले मेला गर्ने निर्णय गरेको हो । मेलामा घराएसी सामग्रीको बिक्री, प्रर्दशनी, दैनिक प्रयोग र उपभोग्य सामग्रीको बिक्री गरिने अध्यक्ष श्रेष्ठले बताए ।
मेला गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने छ । मेलामा केही बाल उद्यानका खेलहरु पनि खेलाईन आयोजक चेम्बर अफ कमर्सले जनाएको छ ।