गोरखा । गोरखाको पालुङटार नगरपालिका–९ धुवाकोट स्थित मदनेडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको छ ।

जन्मभूमीमा जननीहरुको अभियान नामक संस्थाले विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो ।
संस्थाले करिव ५० हजार बराबरको कापी, क्यालकुलेटर, कलम लगायतका सामग्रीको साथमा पोशाक समेत वितरण गरिएको शिक्षक भुवन सेडाइले जानकारी दिए ।
देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाइएको छ ।
