गोरखा । नेपाली सेनाको गोरखास्थित ठिगुरेश्वरामा रहेको रिपु मर्दन गणका १२ जना सैनिकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

हालै भारतीय सेनासँगको संयुक्त तालिम सकेर फर्केका सैनिकमा संक्रमण पुष्टि भएको हो ।
गोरखा अस्पतालमा गरिएको नेपाली सेनाका ८० जनाको एन्टिजेन परीक्षणका क्रममा १२ जना पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यससँगै जिल्लाभित्र सक्रिय संक्रमितको संख्या ४४ जना रहेको जनाएको छ ।
