• बुधबार, असोज ७ २०८३

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


बिहिबार, असोज २१ २०७८
685
Shares


गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।

यातायात अवरुद्ध हुँदा दसैंका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।

यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार