• बुधबार, असोज ७ २०८३

नगदसहित १९ जुवाडे पक्राउ


बिहिबार, असोज २१ २०७८
800
Shares


काठमाडौं । बाफलस्थित एक घरबाट नगदसहित १९ जना जुवाडे पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौ महानगरपालिका—१३ बाफलस्थित रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्‍ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो

पक्राउ परेका उनीहरुको साथबाट ७ थान तास बुक, १२ थान रातो क्विन, १८ थान सेतो क्विन, ३२ थान कालो क्विन र ६१ थान निलो क्विन गरी जम्‍मा १२३ थान क्विन, ३३ थान कौडा, २८ वटा विभिन्‍न कम्पनीका मोबाइल र २ लाख ८६ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार