• बुधबार, असोज ७ २०८३

जम्मु काश्मिरको स्कुलमै फायरिङ, प्रिन्सिपलसहित २ जनाको मृत्यु


बिहिबार, असोज २१ २०७८
735
Shares


जम्मु काश्मिरको श्रीनगरस्थित ईदगाह इलाकामा लडाकुहरुले स्कुलमै फायरिङ गरेका छन् ।

घटनामा स्कुलका प्रिन्सिपल सतिन्दर कौर र अर्का एक शिक्षकको मृत्यु भएको छ । पछिल्ला ५ दिनमा काश्मिरमा ७ पटक व्यक्ति हत्या भइसकेको छ ।

यसमध्ये ६ घटना श्रीनगरमै घटेका छन् । मंगलबार लडाकुहरुले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए ।

उनीहरुले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए । बुधबारमात्रै उनकी छोरी श्रद्धा बिन्द्रुले आफुसँग बहस गर्नका लागि लडाकुहरुलाई चुनौती दिएकी थिइन् । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार