• बुधबार, असोज ७ २०८३

मस्र्याङदी नदीमा बेपत्ता पुरुषको शव फेला


बिहिबार, असोज २१ २०७८
500
Shares

गोरखा । श्राद्ध सम्पन्न गरी पिण्ड सेलाई पौडने क्रममा मस्र्याङदी नदीले बगाँउदा बेपत्ता भएका गोरखाका एक पुरुषको शव फेला परेको छ ।

गोरखा नगरपालिका — १४ गोप्लिङका ४७ वर्षका पूर्ण बहादुर दराई आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाकारी दिएको छ ।

हिजो बुधबार (दिउँसो) ३ः३० बजे तिर श्राद्ध सम्पन्न गरी पिण्ड सेलाउने क्रममा मस्र्याङदीले बगाँउदा दराई बेपत्ता भएका थिए।

उनको खोजीको लागी जिल्ला प्रशासन कार्यालय गोरखाले सशस्त्र प्रहरी बलको विपद व्यबस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोर टोलीलाई अनुरोध गरेको थियो ।

गोताखोर टोली, गोरखा प्रहरी र स्थानीयले मिलेर बिहानैदेखी दराईको खोजी गरेको थियो । सोही क्रममा उक्त उद्धार टोलीले बेपत्ता भएको स्थानदेखी केही तलबाट उनको शव फेला परेको डिएसपी प्रकाश दहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार