• बुधबार, असोज ७ २०८३

बाघको आक्रमणमा एक पुरुष घाइते


बिहिबार, असोज २१ २०७८
825
Shares


बाघले आक्रमण गर्दा रौतहटमा एक पुरुष घाइते भएका छ्न ।

चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन ।

बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो ।

६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आफूसँग भएको बन्चरोले बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए । उनको दुवै हातमा बाघले चिथोरेको छ ।

घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार