• बुधबार, असोज ७ २०८३

श्राद्ध सम्पन्न गरी पिण्ड सेलाउने क्रममा मस्र्याङदीले बगाँउदा गोरखामा एक व्यक्ति बेपत्ता


बिहिबार, असोज २१ २०७८
910
Shares


गोरखा । श्राद्ध सम्पन्न गरी पिण्ड सेलाई पौडने क्रममा मस्र्याङदी नदीले बगाँउदा गोरखामा एक व्यक्ति बेपत्ता भएका छन् ।

हिजो बुधबार (दिउँसो) ३ः३० बजे तिर श्राद्ध सम्पन्न गरी पिण्ड सेलाउने क्रममा गोरखा नगरपालिका — १४ गोप्लिङका ४७ वर्षका पूर्ण बहादुर दराईलाई मस्र्याङदीले बगाएको हो ।

प्रहरी र स्थानीयले खोजतलास गर्दा हाल सम्म पनि फेला नपरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

बेपत्ता दराईको खोजी कार्यमा सहयोग तथा समन्वय गरीदिन प्रशासनले सशस्त्र प्रहरी बलको विपद व्यबस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोर टोलीलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार