• बिहिबार, साउन १४ २०८३

बुधबार थप एक हजार ४३ मा कोरोना संक्रमण, १२ जनाको मृत्यु


बुधबार, असोज २० २०७८
520
Shares


नेपालमा बुधबार थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आज ११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १६ हजार १९४ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ। ८ सय ९१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्। काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार