• बुधबार, असोज ७ २०८३

स्थापना दिवशमा महिला उद्यमी बिकास समितिले खुवायाे विधार्थीलाई खाना


बुधबार, असोज २० २०७८
725
Shares

गोरखा । महिला उद्यमी बिकास समितिले १० औं स्थापना दिवश मनाएकाे छ । गोरखा उद्योग वाणिज्य निकट उक्त समितिले जिल्ला सदरमुकामको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खाना खुवाएर दिवश मनाएको समितिले जनाएको छ ।

उनीहरुले गोरखा नगरपालिका ६ मा रहेको बालमन्दिर माविका अनाथ बालबालिकाहरुलाई बिहानको खाना खुवाएको अध्यक्ष सुशिला श्रेष्ठले जानकारी दिईन । अन्य रुपमा पनि मनाउन सकिन्थ्यो तर अनाथ बालबालिकाहरुको अभिभावक बनेर खाना खुवाएर स्थानिा दिवश मनाउन पाउदा खुशी लागेको उनले बताइन ।

एक छाक खाना खुवाउँदा पनि उनिहरुको अभिभावक महशुस भएको उनको भनाई छ । उक्त विद्यालयमा जिल्ला भित्रका २६ जना अनाथ बालबालिकाहरुलाई आवासिय रुपमा निशुल्क पढ्ने व्यवस्था मिलाइएको छ । उनीहरुका लागि निरन्तर सहयोग उपलब्ध गराउने समितिले प्रतिबद्धता समेत जनाएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ प्रर्थम उपाध्यक्ष कृण्णकुमार श्रेष्ठ सहित अन्य पदाधिकारी र महिला उद्यमीहरुको पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार