• बुधबार, असोज ७ २०८३

नेप्से परिसूचक ६८.४७ अंकले बढ्यो


बुधबार, असोज २० २०७८
1.6K
Shares

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार ६८.४७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६८१.१० अंकमा कायम भएको छ। आज नेप्सेमा हरियाली छाएको छ।

यस दिन ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.७२ अंकले बढेर ५०४.७३ अंकमा पुगेको छ।

कारोबार भएका सबै परिसूचक बढेका छन्। सबभन्दा बढी नन लाइभ इन्स्योरेन्स ४०६ अंक, विकास बैंक २२४ अंक, माइक्रो फाइनान्स २९६ अंक, लाइभ इन्स्योरेन्स २५७ अंकले बढेका छन्।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त,प्रोगेसिभ फाइनान्स, ग्रीन डेभलपमेन्ट, सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी लघुवित्त रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार