गोरखा । पहिरोको कारणले लामो समयदेखि बाटो अवरुद्ध हुँदा खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या झेलीरहेका चुम उपत्यकाबासीले खाद्य समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको ध्यानाकर्षण गराएको छ ।


चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटी खाद्यान्न ढुवानी गरिदिन माग गरेका हुन् ।
केही दिनअघि हेलिकोप्टरबाट पाँच खेप चामल ढुवानी गरे पनि सो चामल २०/२० किलोका दरले बाँड्दा अपुग हुन गएकाले थप चामल ढुवानी गरिदिनु पर्ने उनीहरुले प्रशासन सँग अनुरोध गरेका हुन् ।
साथै उनीहरुले दुई बर्षदेखि तिब्बतसँग सिमा जोडिएको ङईला र रुईला नाका खुलाइदिन पहल गरिदिन पनि माग गरेका छन् ।
