सशस्त्र प्रहरी बलले विराटनगरस्थित जोगबनी नाकाबाट २८ वटा मानव खप्पर र १० वटा खुट्टाको हड्डी बरामद गरेको छ।
भारतबाट नेपाल आउँदै गरेको को२च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले ती सामग्री बरामद गरेको हो।


सोमबार राति ८ बजे सशस्त्र प्रहरी बल बिओपी रानीबाट खटिएको टोलीले मानव खप्पर र हड्डी बरामद गरेको पकलीस्थित बाहिनीले जनाएको छ। बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ ।
प्रहरीले भ्यान चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंं लैजाने तयारी रहेको बयान दिएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । घटनाको अनुसन्धान भइरहेको बताए ।
ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ ।
