• बुधबार, असोज ७ २०८३

घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द


बुधबार, असोज २० २०७८
1K
Shares


सर्वोच्च अदालत भोलि घटस्थापना दिनदेखि बन्द हुने भएको छ। वडा दसैंको अवसर पारेर कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

अदालतका उप—रजिष्ट्रार देवेन्द्र ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिएका हुन्।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार