• बुधबार, असोज ७ २०८३

पोखरालाई पराजित गर्दै ईपीएलको फाइनलमा चितवन


बुधबार, असोज २० २०७८
1.1K
Shares


काठमाडौं । चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटको पराजित गर्दै चितवन इपिएलमा पहिलो पटक फाइनलमा पुगेको हो।

पोखराले दिएको ६७ रनको झिनो लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। चितवनका लागि ओपनर मोहमद साहजादले ४८ रन जोडे। उनले २६ बलमा ७ चौका र २ छक्का हिर्काए। हसिम अन्सारीले नटआउट १४ रन जोडे।

त्यसअघि पोखराले खराब ब्याटिङ गरेको थियो। पोखरा १५ ओभरमा ६६ रनमै अलआउट भएको थियो। ओपनरद्वय रिचार्ड लेभीले १९ रन र सुनील धमलाले १८ तथा सुसन भारीले १२ रन जोड्दा अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पोखराको इनिङ ध्वस्त पार्ने क्रममा चितवनका स्पिनरद्वय सागर ढकाल र सहाब अलामले ४—४ विकेट लिन सफल भए। सागरले ४ ओभरमा १४ रन र सहाबले १० रन खर्चिए। कप्तान सोमपाल कामी र करिम जनतले १—१ विकेट लिन सफल भए।

अब चितवनले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग भिड्नेछ।

दोस्रो क्वालिफायरमा भोलि बिहिबार पोखरा र एलिमिनेटरको विजेताबीच खेल हुनेछ। एलिमिनेटरमा आज भैहरवा र काठमाडौंबीच खेल हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार