• बुधबार, असोज ७ २०८३

मध्यभोटेकोशीको ९० लाख कित्ता आइपिओ आजदेखि सर्वसाधारणका लागि खुल्यो


बुधबार, असोज २० २०७८
660
Shares


मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो। त्यसमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।

त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि—आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सक्नेछन्।

कम्पनीले यसअघि नै आयोजना प्रभावित र जिल्लाबासीका लागि खुलाइएको आइपिओ बाँडफाँट गरिसकेको छ।

मध्यभोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबीसे नगरपालिका वडा नम्वर ५, ६, ७ र ८ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि १८ लाख कित्ता सेयर बाँडफाँट भएको थियो। ५० देखि ४ सय कित्तासम्मका लागि आवेदन दिने प्रभावितमध्ये १२ हजार ९८ जनाले ५० देखि १८० कित्तासम्म पाएका छन्।

त्यस्तै १९० देखि ४ सयसम्म आवेदन दिएका तीमध्येकै २ हजार ३१३ जनाले ३१३ जनाले थप १० कित्ताका दरले अर्थात १९० कित्ताका दरले पाएका छन्। प्रभावितबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि ४२ लाख कित्ता सेयर बाँडफाँट भएको थियो।

१० देखि ४ सय कित्तासम्म आवेदन दिने ९४ हजार ८६५ जनाले १० देखि ४० कित्तासम्म पाएका छन्।

त्यसपछि ५० देखि ४ सयसम्म आवेदन दिनेमध्येबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले अर्थात ५० कित्ताका दरले सेयर पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार