• बुधबार, असोज ७ २०८३

घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


बुधबार, असोज २० २०७८
490
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै घट्दै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार