झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।
झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।
दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताए । झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए ।