• बिहिबार, असोज ८ २०८३

लागुपदार्थ प्रकरणमा पक्राउ परेका शाहरुखका छोरा आर्यनलाई बिहिबारसम्म हिरासतमा राखिने


मंगलबार, असोज १९ २०७८
445
Shares


एजेन्सी । लागुपदार्थ प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अक्टोबर ७ बिहिबारसम्म हिरासतमा राखिने भएको छ।

गत आइतबार भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोद्धारा पानी जहाजमा मारिएको छापामा उनलाई पक्राउ गरेको थियो। जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीकाले जहाजमा छापा मारेको थियो।

आर्यनलगायत अरु सात जनालाई आगामी बिहिबारसम्मका लागि हिरासतमा पठाइएको एनडिटिभीले जनाएको छ।

खबर अनुसार एन्टी ड्रग्स एजेन्सी (एनसिबी)ले आर्यन खानलाई लामो हिरासतमा राख्नपर्ने बताएको थियो। ‘उनलाई सोधपुछका लागि अक्टोबर ११ सम्म हिरासतमा राखिनु पर्छ,’ एनसिबीले भनेको छ, ‘जबसम्म हामी लागुपदार्थ प्रयोगकर्ताबारे छानबिन गर्दैनौं हामी कसरी लागुपदार्थ वितरण गर्नेसम्म पुग्न सक्छौं ’

एनसीबीले अदालतलाई यो प्रकरणमा एउटा अन्तर्राष्ट्रिय कार्टेलको पनि स्पष्ट संलग्नता देखिएको बताएको छ।

नार्कोटिक्स कन्ट्रोल ब्युरोका उच्चअधिकारीको समूहले मारेको छापामा १३ ग्राम कोकेन, २१ ग्राम चरस, २२ एमडीएमए गोली र ५ ​​ग्राम एमडी लगायत लागुपदार्थ बरामद गरिएको थियो।

आर्यन खान विरुद्ध प्रतिबन्धित लागुपदार्थ खरिद गरेको, बोकेको र सेवन गरेको आरोप लागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार