काठमाडौं । सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए ।
बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।
डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसको आइपी एड्रेसमा परिवर्तन हुन्छ । आइपी अड्रेस अर्थात् जहाँ साइट हुन्छ ।
यसबाहेक बीजीपी (ब्रोडर गेटवे प्रोटोकल) का कारण पनि यी प्लेटफर्ममा समस्या देखिएको बताइएको छ । बीजीपीमा आइपी अड्रेस र डीएनएस नेमसर्भरको रुट हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, यदि डीएनएस इन्टरनेटको फोनबुक हो भने बजिीपी यसको नेभिगेशन सिस्टम हो ।एजेन्सी