गोरखा । ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले सरसफाई कार्यक्रमदेखी रक्तदानसम्म गरिएको छ ।
आइतबार र सोमबार जिल्ला प्रहरी कार्यालय गोरखा, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालको उपस्थितिमा ४७ जना प्रहरी कर्मचारीहरुले गोरखा नगरपालिका वडा नं. ६ स्थित रानीपोखरीको प्राङ्गण, मन्दिर तथा कुण्ड एरियामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रहरी अधिकृत तथा जवानहरु सम्मिलित प्लेकार्ड सहितको गोरखा नगरपालिका ६ हरमटारी चोकदेखि बसपार्क तथा नयाँबजारसम्म ‘तपाईको मास्क खोई रु’ भन्ने जनचेतनामूलक ¥याली निकालिएको थियो ।

त्यस्तै सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखासंगको सहकार्यमा कार्यालयको परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । उक्त रक्तदान कार्यक्रममा ५५ जना प्रहरी कर्मचारीहरु, अन्य सुरक्षा निकायका कर्मचारी ४ जना र सर्व–साधारण २ जना गरी जम्मा ६१ जनाले रक्तदान गरेका थिए ।