• बुधबार, असोज ७ २०८३

यात्रुसहितको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लियो


मंगलबार, असोज १९ २०७८
665
Shares


काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ ।

विमानस्थल कार्यालय स्रोतका अनुसार यात्रु लिएर नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार