• बुधबार, असोज ७ २०८३

दशैंं तिहार नजिकिँदै गर्दा गोरखा प्रशासनले जारी गर्यो यस्तो आदेश


सोमबार, असोज १८ २०७८
520
Shares


गोरखा । दशैंं तिहारलगायतको चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय गोरखाले स्वास्थ्य सुरक्षा सम्बन्धि आदेश जारी गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितीको गत १४ गतेको निर्णय अनुसार हिजो आइतबार राती १२:०० बजेदेखी लागु हुने गरी अर्को आदेश जारी नभए सम्म सबै सवैसाधरणमा यस्तो अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले आदेश जारी गर्दै सर्वसाधारणलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेका हुन् ।

यस्तै साबुन पानीले हात धुने, स्यानिटाईजरको प्रयोग गर्ने, स्वास्थ्य संम्बन्धी मापदण्ड पालना गर्न गराउन पनि प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।

भीडभाड नगर्न, सके सम्म घरभित्रै चाडपर्व मनाउन, मेला महोत्सव नगर्न पनि प्रशासनद्धारा जारी आदेशमा भनिएको छ ।

सार्वजनिक यातायातको हकमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्न, चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउन, हरेक दिन निसंक्रमित गरेर मात्रै सवारी साधन चलाउन भनिएको छ ।

बैठक, गोष्ठी, सेमिनार भर्चुअल माध्यामबाट गर्न, भौतिक उपस्थितिमा कार्यक्रम भए स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, एउटा कोठामा २५ भन्दाबढि विद्यार्थी नराख्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

होटल तथा पसलहरु बिहान ५ देखि ८ बजे सम्म खुल्न पाउने, बैंक तथा बित्तीय संस्थामा सेवा प्रवाहमा सामाजिक दुरी कायम गर्न समेत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार