काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षणमा ५ सय ७४ र ३ हजार ८ सय ५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा र एक हजार २७० जना संस्थागत आइसोलेसनमा छन् ।