• बुधबार, असोज ७ २०८३

सापटी रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको आरोपमा पक्राउ


आइतबार, असोज १७ २०७८
575
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं । सापटी दिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् ।

प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् ।

आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाएका खुलेको छ।

प्रहरीका अनुसार श्रेष्ठले ‘पैसा दे अनि तेरो श्रीमती लैजा’ भन्दै उक्त व्यक्तिलाई धम्क्याएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार