• मंगलबार, असोज १३ २०८३

आज पानी कता-कता पर्छ ?


बुधबार, फाल्गुन १४ २०७६
1.1K
Shares

अहिले (बुधबार बिहान) देशको पूर्वी क्षेत्रमा पानी परिरहेको छ। यस्तै पश्चिम पहाडका पनि एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

पश्चिम पहाडमा भने वर्षा कम हुँदै गएको र केहीबरेपछि रोकिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। 

‘तर नेपालको पूर्वी क्षेत्रमा भने आज दिनभर नै मौसम डिस्टर्ब हुने देखिन्छ,’उनले भने, ‘पानी बीच-बीचमा रोकिने, फेरि पर्ने भइरहन्छ।’

यतिबेला पूर्वी क्षेत्रमा मेघगर्जन, चट्याङसहितको वर्षा भइरहेको उनले जानकारी दिए। साथै हावाहुरी पनि चलिरहेको छ।

‘अहिलेसम्म हावाहुरी त्यस्तो वेगमा छैन,’ उनले भने, ‘केही बढ्न सक्छ तर त्यस्तो धेरै ठूलो नहोला।’

पूर्वी क्षेत्रमा राति पनि मौसमी अवस्था यस्तै रहने उनले बताए।

अहिले पानी पार्ने प्रणाली पूर्वमा केन्द्रित भएकाले वर्षा पनि त्यतै बढी हुने उनले जानकारी दिए।

‘साँझदेखि भने पश्चिम र मध्य तराईका पनि एक/दुई स्थानमा हल्का वर्षाको सम्भवाना छ,‘ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार