• बुधबार, असोज ७ २०८३

सर्पले डस्दा एक किशोरको मृत्यु


आइतबार, असोज १७ २०७८
680
Shares


महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक किशोरको सर्पले डसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा किशोरलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।

केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामाकिशोरको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै किशोरको मृत्यु भएको जनाइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार