नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटेको छ । प्राधिकरणले देशभरको तार काटेको हो । बढेको पोलभाडा तिर्न नमान्ने कम्पनीको इन्टरनेटको तार काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको हो । प्रत्येक वितरण केन्द्रले व्यवसायीलाई तर्साउने गरी एउटा/एउटा तार मात्रै काटेका छन् ।
काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रमार्फत पनि एउटारएउटा तार काटिएको प्राधिकरणले बताएको छ । यद्यपि, प्राधिकरणले डिसहोम, सीजी नेट र एनसेल लगायत कम्पनीको तार भने काटेको छैन ।