पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जनमा संक्रमण पुष्टि भएको हो ।
एक हजार १२३ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार ६ सय ४२ संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।