गोरखा । गोरखा नगरपालिका — ७ स्थित नबज्योती माध्यामिक विद्यालयका संस्थापक खडानन्द शर्माले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

शुक्रवार जेष्ठ नागरिक दिबसको अवसर पारेर विसं २०३१ सालमा आफुले स्थापना गरेको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती दिने गरी उनले दुई लाख ५१ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
दिबंगत श्रीमतीको सम्झना र सम्मानमा उक्त अक्षयकोष स्थापना गरेको शर्माले जानकारी दिए ।
‘खडानन्द खिनकुमारी स्मृती छात्रवृत्ती कोष’ बाट विद्यालयले हरेक वर्ष पठनपाठनमा सहयोग गर्ने गरी गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती बितरण गर्ने जनाएको छ । उक्त अक्षयकोषमा पाँच लाख रुपैयाँ सम्म पु¥याउने शर्माले बताए ।
