• बुधबार, असोज ७ २०८३

गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


शुक्रबार, असोज १५ २०७८
635
Shares


मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ ।

अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए ।

आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी लिएको छ । आर्थिक वर्ष २०७५–७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

आयोगले फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल, गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखा परीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेललाई विपक्षी बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार