• बिहिबार, साउन १४ २०८३

शुक्रबार थपिए एक हजार ६६ कोरोना संक्रमित, १३ जनाको मृत्यु


शुक्रबार, असोज १५ २०७८
780
Shares


नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार तीनसय ६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

१० हजार एक सय १३ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १८ हजार ११५ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

९३८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार