• बुधबार, असोज ७ २०८३

पशुपतिमा बाबालाई खुकुरी हानेको आरोपमा पक्राउ


शुक्रबार, असोज १५ २०७८
635
Shares


काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा बस्ने एक बाबामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको हो ।

पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खुकुरी प्रहार भएको थियो।

खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।

उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार