• बुधबार, असोज ७ २०८३

साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने


शुक्रबार, असोज १५ २०७८
870
Shares


आजदेखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली समर्थकका लागि साफका खेल प्रत्यक्ष प्रसारण गर्न प्रयत्न गरे पनि सफल हुन नसकेको जनाएको छ।

एन्फाले गत असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो। एन्फाले प्रत्यक्ष प्रसारणको अधिकार किन्नका लागि न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो।

प्राप्त भएका कुनै पनि प्रस्तावहरू तोकेको मापदण्डअनुसार नभएको एन्फाको भनाइ छ।

एन्फाले नेपाली टिमको खेल हेर्न पाइने आसामा रहेका समर्थकको असुविधाका लागि दुःख व्यक्त गरेको छ।

साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आज पहिलो खेलमा आयोजक माल्दिभ्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू हुनेछ।

नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्2पर्धा हुनेछ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार