• बुधबार, असोज ७ २०८३

आजदेखि साफ च्याम्पियनसिप, नेपाल र माल्दिभ्स भिड्दै


शुक्रबार, असोज १५ २०७८
540
Shares

काठमाडौं। आजदेखि १३ औं संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा सुरू हुँदैछ।

साफको उद्‌घाटन खेलमा श्रीलंका र बंगलादेशबीच अपरान्ह पौने पाँच बजे प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्‌घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो।

नेपाल र माल्दिभ्सबीच शुक्रबार राति प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ।

माल्दिभ्स साविक विजेता र घरेलु टिम भएकाले नेपाललाई पहिलो खेलमा दबाब हुनेछ। यद्यपी नेपालका कप्तान किरणकुमार लिम्बुले माल्दिभ्सलाई घरेलु मैदानको फाइदा भए पनि आफूहरू नडराएको प्रतिक्रिया दिएका छन्।

नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स — असोज १५ गते — राति ९ः४५ बजे
नेपाल भर्सेस श्रीलंका — असोज १८ गते — राति ९ः४५ बजे
नेपाल भर्सेस भारत — असोज २४ गते — राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश — असोज २७ गते — अपरान्ह ४ः४५ बजे

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार