• बुधबार, असोज ७ २०८३

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ


शुक्रबार, असोज १५ २०७८
485
Shares

Modern metal handcuffs. Vector illustration in flat style


प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्वतको मोदी गाउँपालिक— ५ का २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका— ६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार