• बुधबार, असोज ७ २०८३

गोरखाका डिएसपी प्रकाश दाहाल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित


शुक्रबार, असोज १५ २०७८
780
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले डिएसपी प्रकाश दाहाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालयले हरेक महिना जस्तै भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

भदौ महिनाामा मात्रै ४८ जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको, अवैध उत्खनन् गर्ने नदीजन्य पदार्थ ओसारपोसार गर्ने गाडी नियन्त्रणमा लिएको, काठको चोरी निकासी लगायतका अपराधिक घटनाको अनुसन्धानमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

डिएसपी दाहाललाई नगद पुरस्कार सहित जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी शेखर खनालले बताए ।

शान्ति सुब्यवस्था कायम राख्न, सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीको रुपमा प्रशंसनिय काम गरेको एसपी शेखर खनालले बताए । प्रहरीले हरेक महिना उत्कृष्ठ काम गर्नेलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार