• बुधबार, असोज ७ २०८३

चाडपर्वलाई लक्षित गर्दै गोरखामा प्रहरीले राख्याे हेल्प डेक्स


शुक्रबार, असोज १५ २०७८
850
Shares

गोरखा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरीले हेल्प डेक्स स्थापना गरेको छ । आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै हेल्प डेक्स स्थापना गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

यातायात व्यवसायीहरुसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले निर्माण गरेको सुरक्षा योजना बमोजिम चाड पर्वको अवधिमा जिल्ला भित्र आउने र बाहिरिने यात्रुहरुको सुविधा र सहजीकरणलाई मध्य नजर गर्दै बिहीबारबाट डेक्स सञ्चालनमा ल्याइएको उनले बताए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालको उपस्थितीमा गोरखा नगरपालिका स्थित हरमटारी चोक र बाह्रकिलो चोकमा यात्रु सहायता कक्षहरुको स्थापना उनले बताए । चाडपर्वको अबसरमा जिल्ला भित्रिने र बहिरिने सवारी साधनले तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरीलाई खबर गर्न भनिएको छ ।

कोभिड–१९ को संक्रमण फैलन नदिन यात्रुहरुले अनिवार्य मास्कको प्रयोग गर्ने स्वास्थ्य सावधानी पालन गरे नगरेको निग्रानी गर्न, सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा आफ्नो सामानहरु हराएमा वा छुटी जाने भएमा तत्काल डेक्समा खबर गर्न प्रहरीले सर्वासाधरणलाई आग्रह गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारी साधन छुटेमा गर्न भनिएको छ । यात्रुहरुको बहुमुल्य सामानहरु चोरी, लुटपाट भएमा वा हराएमा, कुनैपनि व्यक्तिबाट दुव्र्यवहार भएमा, यात्रा गर्ने महिलाहरु माथि कुनैपनि किसिमले यौनजन्य दुर्यवहार भएमा पनि तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।

तोकेको गन्तव्यमा सार्वजनिक सवारी साधनले यात्रुहरु नपुराएमा, चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएमा, क्षमता भन्दा बढी असुरक्षित तरिकाले तथा छतमा यात्रुहरु राखी जोखिम पुर्ण यात्रा गराएमा कारवाही गर्ने निर्णय समेत प्रहरीले गरेको छ । वृद्ध–वृद्धा, अन्ध–अपाङ्ग लगायतका फरक क्षमता भएका यात्रुहरुलाई बिशेष ख्याल गरी सहज यात्राको वातावरण बनाउन समेत यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको डिएसपी दाहालले बताए ।

यात्रुहरुलाई कुनैपनि प्रकारको सेवा, सुविधाहरुको बारेमा गुनासो, सुझाव र आवश्यकता परेमा यस जिल्ला प्रहरी कार्यालय गोरखाको हटलाईन नम्बर १००, प्रहरी कन्ट्रोल रुमको नं ९८५६०९०२५५, ९८५६०९०८५५ मा सम्पर्क गर्नुहुन सम्पुर्ण सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय गोरखा अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार