• बुधबार, असोज ७ २०८३

एभरेस्ट प्रिमियर लिग : भैरहवालाइ ललितपुरले दियो १७८ रनको चुनौती


बिहिबार, असोज १४ २०७८
625
Shares

राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगअन्तर्गत ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्ससामु १७८ रनको लक्ष्य पेस गरेको छ।

निर्धारित २० ओभरको खेलमा ललितपुरले ७ विकेट गुमाई १७७ रनको योगफल तयार पारेको हो।

ठूलो लक्ष्य दिने क्रममा ललितपुरका स्यान्डुन विराकोदीले ४१ बलमा ५८ रनको योगदान गरे। कप्तान कुशल भुर्तेलले ५ बलमा २ रन जोड्दा ओसादा फर्नान्डोले १९ बलमा २० रन बटुले।

त्यस्तै सन्दीप जोराले २५ बलमा ३८ रन, अज्मातुल्लाह ओमारजाईले २२ बलमा ४२ रनको योगदान गरे। पवन सर्राफले भने ३ बलमा १ रनमात्रै जोड्नसके। त्यस्तै योगेन्द्र सिंह कार्कीले ५ बलमा ७ रन बटुले।

बलिङतर्फ भैरहवाका धामिका प्रसादले १ विकेट, अविनाश बोहराले २, कृष्ण कार्की र आरिफ शेखले १÷१ विकेट लिए। दुर्गेश गुप्ता र शरद भेषावकरले भने विकेट लिन सकेनन्।

१७८ रनको लक्ष्य पछ्याएको भैरहवाले जवाफी ब्याटिङ सुरु गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार