• बुधबार, असोज ७ २०८३

३२ अंकले झर्‍यो सेयरबजार, ३ अर्बको कारोबार


बिहिबार, असोज १४ २०७८
725
Shares

सेयरबजारमा आज फेरि गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन आज ३२.५१ अंकको गिरावट आएको हो।

बिहीबार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ६.४१ अंकले झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आजको कारोबारमा २२५ कम्पनी सामेल भए। कम्पनीहरुको ७३ लाख २१ हजार कित्ता बिक्री भएको नेप्सेले जनाएको छ।

जम्मा ४९ हजार ८३५ पटकको खरिदबिक्रीपछि ३ अर्ब ७० करोडको मात्रै कारोबार भएको हो।

आज म्युचुअल फन्ड, अन्य र व्यापार समूहको उपसूचक हरियो भए पनि बाँकी उपसूचक राताम्य भए। आज तीनवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार