काठमाण्डौ । केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।